काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।
८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो ।
ब्राजिलको यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।