शेयर बजारमा दोहोरो अंकको कमब्याक, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा पुगेको छ ।

यसदिन २९४ कम्पनीको १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बढीको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक किनबेच भएको छ । यसको पौने ११ करोड रुपैयाँको कारोबार भएको छ ।

दोहोरा अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुद्धभूमि नेपालको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने पञ्चकन्या माइ र माथिल्लो मैलुङ खोलाका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

सयपत्री हाइड्रोपावरका शेयर धनीले सर्वाधिक ८.१५ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here