घोराही चेम्बरको अध्यक्षमा बज्राचार्य

काठमाडौं, २२ भदौ । घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्राचार्य चयन भएकी छिन् । चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले दाङमा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धिलगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताए ।

साथै कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए ।

‘यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशंसनिय छ’ उनले भने । साथै कुखुराको फर्मको संख्या बढाएर अण्डाको उत्पादनलाई बढावा दिन समेत सुझाव दिए ।

त्यसैगरी दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गरे । पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएको छ’ उनले भने, ‘बैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्छ ।’

कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महरालगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here