हमास–इजरायल द्वन्द्व : बेरोजगारी दर ७० प्रतिशत पुग्यो

गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएका छन्। प्यालेस्टिनी श्रममन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, ‘हामीले दशौँ हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटका परिणाम स्वरूप हजारौँ कार्यबल र रोजगारदाताहरू गुमायौँ।’

‘हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,’जैशले भने।

उनले भने,’यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार गर्‍यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्‍यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा पारेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो।’

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ। इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here