तीन दिनमै २ लाखले गरे कान नसुन्ने ‘सत्यवती बजै’को दर्शन, जहाँ चिच्याएर मागिन्छ वर

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेलामा तीन दिनमै २ लाख भक्तजन पुगेका छन् । सत्यवती बजैले कानले नसुन्ने भएका कारण रातिको समयमा चिच्याएर वर माग्नु पर्ने सदियौं देखिको पुरनो परम्परा रहेको छ ।

बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिर प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।

एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवकले मनोकाङ्क्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ ।

परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।

बुटवल–पाल्पा सडकखण्डको केराबारी र झुम्साबाट उकालो चढेपछि २ देखि ३ घण्टाको पैदल हिँडेपछि सत्यवती तालमा पुगिन्छ। जुन ताललाई वरिपरि घना जंगलले घेरिएको छ। यस क्षेत्रमा दुइटा मन्दिर छन्, बाजे र बजै। जहाँ वर्षको एक पटक तीन दिनसम्म ठूलो मेला लाग्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here