सुनचाँदीको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ तोकिएको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो।

यसअघि गएको कात्तिक १२ गते सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो।

सुनको भाउ हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो। हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघको भनाइ छ। अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ।

आज चाँदी पनि तोलाको १ हजार ५ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महँगो हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here