मुम्बई फर्किए पाण्ड्या, गिल गुजरातको कप्तान

काठमाडौं । आईपीएलको क्लब गुजरात टाइटन्सका कप्तान हार्दिक पन्ड्या मुम्बई इन्डियन्समा आएका छन् । आईपीएलको आगामी सिजनका लागि पन्ड्यालाई गुजरातले रिटेन गरेको थियो । मुम्बईले ट्रेड प्रकृयामार्फत पन्ड्यालाई टिममा भित्र्याएको हो ।

युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् । हार्दिकको कप्तानीमा गुजरातले २०२२ मा आईपीएलको उपाधि जितेको थियो भने २०२३ मा पनि फाइनल पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here