अल नासर एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । साउदी अरेबियाको अल नासरले समूह विजेताका रुपमा एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । गएराति इरानको पर्सेपलिससँग गोलरहित बराबरीमा रोकिए पनि क्रिस्टियानो रोनाल्डो नेतृत्वको नासार समूह ‘ई’ को विजेता बनेको हो ।

रियादमा नासर प्रतियोगिताका उच्च गोलकर्ता एन्डरसन टालिस्का बिना मैदान उत्रिएको थियो ।

नासर पछिल्ला २० खेल यता अपराजित छ । समूह चरणमा एक खेल खेल्न बाँकी हुँदा शीर्ष स्थानको नासरको ५ खेलबाट १३ अंक छ । पर्सेपलिस ८ अंकसहित दोस्रो स्थानमा छ । उसको पनि उत्कृष्ट उपविजेता हुँदै अन्तसम १६ पुग्ने मौका बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here