सुदूरपश्चिमले पुलिसलाई हरायो, मधेश सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अन्तिम खेलमा सुदूरपश्चिमसँग हार बेहोरेपछि समूह चरणबाटै बाहिरिएको छ।

मंगलबार भएको खेलमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि किरण ठगुन्नाले अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ४ चौका २ छक्कासहित अविजित ५१ रन बनाए ।

यस्तै, नरेन साउदले ३९, कप्तान राजु रिजालले १९, बसन्त कार्कीले १५ र नारायण जोशीले अविजित १७ रनको योगदान दिए । पुलिस क्लबका लागि राशिद खानले तीन, सुनिल धमला र सागर ढकालले एक/एक विकेट लिए ।

तीनै टिमले समान एकएक जित र एकएक हार बेहोरेपछि समान २-२ अंक भयो। नेटरन रेटमा मधेश अघि रह्यो भने पुलिस दोस्रो र सुदूपश्चिम तेस्रो स्थानमा रहे। यससँगै समूहबाट मधेश अन्तिम चारमा पुग्न सफल भयो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४ विकेटको क्षतिमा १५८ रन बनायो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै ६७ रन र सुनील धमलाले ४० बलमा ४२ रनको योगदान दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here