इण्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन-‘टिकटक बन्द गरे/नगरेको २४ घण्टाभित्र जवाफ दिनू’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इण्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना निकालेर सरकारको निर्णय कार्यान्वयन भएको नभएको जानकारी नआएकाले २४ घण्टा भित्र जवाफदिन निर्देशन दिएको हो ।

यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here