भूकम्पपछि पालमुनि बस्दै आएकी तीन वर्षीया बालिकाको मृत्यु

file

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोबाट जोगाउन नसक्दा गएराति मृत्यु भएको हो ।

ती बालिकाको निमोनियाका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । साथै, धेरै भौतिक र चौपायाको क्षति भएको थियो । भूकम्पपीडितका लागि उचित बासस्थान र पर्याप्त खाद्यान्न पुर्याउन नसक्दा बालबालिका र बृद्धबृद्धा सबैभन्दा धेरै प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here