एनएमबि बैंकले यो पटक लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्ष २०७९\८० मा बैंकले ८ दशमलव २५ प्रतिशत नगद लाभांश दिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७८\७९ मा ३दशमलव३ प्रतिशत नगद र १२ दशमलव ५ प्रतिशत सेयर बोनस दिएको थियो ।

त्यस्तै २०७७\७८ मा ३दशमलव २ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६\७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here