क्रिकेट विश्वकप लिग टू : पहिलो सिरिज नेपालमा हुने, तीन राष्ट्रले खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग-टूको पहिलो सिरिज नेपालले घरेलु मैदानमा खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी फागुन पहिलो साता काठमाडौंमा सुरु हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियालाई स्वागत गर्नेछ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ ।

लिग टूको यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ । यो संस्करणमा ८ टीम नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ ।

नेदरल्यान्ड्स सुपर लिगबाट घटुवा भएर लिग-टूमा पुगेको हो भने क्यानडा च्यालेन्ज लिगको विजेता हुँदै प्ले अफमार्फत लिग-टूमा बढुवा भएको हो । अघिल्लो लिग टू चरणको पुछारमा रहेको पपुवा न्युगिनी भने च्यालेन्ज लिगमा रेलिगेट भएको थियो । पुछारबाट दोस्रो स्थानमा रहेको यूएई पनि प्लेअफमार्फत पुन: लिग टूका लागि छनोट हुन सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here