काठमाडौं । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् ।
रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।
बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।
रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन् । जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन । गत महिना मात्रै मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् ।