नाफिज वार्षिकोत्सवमा पाँच पत्रकार पुरस्कृत

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिक साधारणसभाका अवसरमा पाँच पत्रकार पुरस्कृत भएका छन् । आर्थिक, सहकारी, कृषि र बिमा विषयमा उनीहरू सम्मानित भएका हुन् ।

नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोस्टका पत्रकार रोविन पौडेल पुरस्कृत भएका छन् । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

यस्तै, समान ५० हजार रुपैयाँ पुरस्कार राशिको ‘भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार’ विकासन्युज डटकमका सीआर भण्डारीले प्राप्त गरे ।

निर्जीवन बिमा व्यवसायी संघको सहकार्यमा यसै वर्षदेखि प्रदान गरिएको ५० हजार राशिको ‘निर्जीवन बिमा व्यवसायी संघ – नाफिज बिमा पत्रकारिता पुरस्कार’ बिमापोस्ट डटकमकी रिना खत्री र अर्थलगानीकी भीमा पन्थीले संयुक्त रूपमा प्राप्त गरे ।

५० हजार रुपैयाँ राशिकै ‘निर्जीवन बिमा व्यवसायी संघ – नाफिज कृषि पत्रकारिता पुरस्कार’ उकालो डटकमका रितेश त्रिपाठीले प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here