मेस्सी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।

गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जितेको थियो ।

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएका मेसी गत महिना बालोन डी ‘अरको समेत विजेता चुनिएका थिए ।

३६ वर्षीय मेसी गत वर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here