चिडियाखानामा शैक्षिक केन्द्र स्थापना

ललितपुर, ७ फागुन । जावालाखेलस्थित सदर चिडियाखानामा शैक्षिक केन्द्र स्थापना गरिएको छ ।

‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ नाम दिइएको सो सेवाको उद्घाटन वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलवार गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार १ सय १४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् ।

विद्यार्थीहरुको संख्या बढ्दै गएपछि चिडियाखानाले इन्ट्रयाक्टिभ मिडिया, श्रव्य–दृष्य प्रणाली, जैविक तथ्यहरू (बायो फ्याक्ट्स), संरक्षित आखेटोपहारलगायतका विधिमा परिस्कृत गर्दै लगेको छ, जसले अवलोकनकर्ताहरूको अनुभवलाई अझ उत्कृष्ट बनाउ सघाएको छ ।

चिडियाखानामा वन्यजन्तु जैविक तथ्य केन्द्र स्थापना गर्ने, विद्यार्थी, स्थानीय समुदाय र आगन्तुकहरूका लागि शैक्षिक श्रव्यदृष्य केन्द्र सञ्चालन गर्ने र केन्द्रीय चिडियाखाना ‘संरक्षण सूचना’का दस्ताबेजीकरणलाई सबल तुल्याउने जस्ता लक्ष्य नयाँ परियोजनाले लिएको छ ।

अध्ययन केन्द्र वेलायत सरकार र नेपाल इन्भेस्टमेन्ट बैंकको सहयोगमा स्थापना गरिएको हो । बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई रु ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here