आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को अक्सनमा नेपाली खेलाडी परेका छैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसीसीआई’ ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन ।

यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपीएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ ।

जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

योसँगै नेपाली खेलाडीले आइपीएल खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो ।

सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here