औषधि नखाइ नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप, यस्ता छन् तरिका

काठमाडाैं । अस्वस्थ खानपान र जीवनशैलीको कारण आजभोली धेरैलाई उच्च रक्तचापको समस्याले सताएको पाइन्छ ।

यदि तपाईं पनि उच्च रक्तचापको समस्याबाट पिडित हुनुहुन्छ र कसरी रक्तचाप नियन्त्रण गर्ने भनेर चिन्तित हुनुहुन्छ भने तपाईंलाई यो लेख उपयोगी हुनसक्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न धेरैले औषधि सेवन गर्ने गर्छन् तर औषधिको सेवन नगरिकन पनि रक्तचाप घटाउन सकिन्छ ।

जीवनशैलीले उच्च रक्तचापको उपचारमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यदि तपाईं स्वस्थ जीवनशैली अपनाउनुहुन्छ भने तपाईंलाई आफ्नो रक्तचाप नियन्त्रण गर्न कुनै औषधिको आवश्यकता नै पर्दैन ।

यस्ता उपाय अपनाएमा औषधिको सेवन बिना नै आफ्नो रक्तचाप नियन्त्रण गर्न सकिन्छः

तौल घटाउने

धेरैजसो मानिसको तौल बढ्नाले रक्तचाप बढ्ने गर्छ । तौल धेरै भएमा श्वासप्रश्वासमा पनि गाह्रो हुन्छ जसले पछि रक्तचाप बढाउँछ ।

तौल घटाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो । थोरै मात्रै तौल घटाउन सक्नुभयो भने पनि त्यसले तपाईलाई रक्तचाप कम गर्न मद्धत गर्छ ।

नियमित अभ्यास गर्ने

दैनिक करिब ३० मिनेटको दरले नियमित शारीरिक अभ्यास गर्नुहोस् । यसले तपाईको रक्तचाप घटाउन मद्धत गर्छ ।

शारीरिक अभ्यास रक्तचाप स्थिर बनाउन पनि धेरै नै महत्वपूर्ण हुन्छ । यदि तपाईले एक्सरसाइज गर्न छोड्नुभयो भने रक्तचाप फेरि बढ्छ ।

मदिरा थोरै मात्र पिउने

मदिरा स्वास्थ्यको लागि राम्रो र नराम्रो दुवै हुन्छ । थोरै मात्रामा मदिरा पिउनाले तपाईको रक्तचाप कम हुन सक्छ । तर, तपाईले धेरै पिउनुभयो भने त्यसले रक्तचाप झनै बढाउन सक्छ ।

धुमपान त्यागिदिने

चुरोटको प्रत्येक खिल्लीले रक्तचाप झनै बढाउँछ । धुमपान छोड्नाले रक्तचाप सामान्यअवस्थामा आउन मद्धत गर्छ । धुमपान छोडेमा तपाईको मुटुको रोगको जोखिम पनि कम गर्छ र समग्र स्वास्थ्य पनि सुधार हुन्छ ।

क्याफिनको मात्रा घटाउने

क्याफिनले कहिले काँही मात्रै कफी पिउने मानिसको रक्तचाप १० एमएम भन्दा धेरै बढाउँछ । क्याफिनले रक्तचापमा कस्तो असर गर्छ भन्ने कुरा अmझै पनि प्रष्ट छैन । क्याफिनको रक्तचापमा दिर्घअसर एकिन नभएपनि यसले थोरै बढाउने चिकित्सकहरु बताउँछन् ।

तनाव कम लिने

तनावले रक्तचाप बढाउँछ । निरन्तरको तनावले मानिसको रक्तचापमा कस्तो असर गर्छ भन्ने बारे अझै धेरै अध्ययनहरुको आवश्यकता छ । कहिलेकाँही हुने तनावले पनि रक्तचाप बढाउँछ ।

उच्च रक्तचापको समस्या छ भने तनावको कारण काम, परिवार वा स्वास्थ्य के हो भन्ने थाहा पाउनुहोस र त्यसपछि कसरी तनाव कम लिने भनेर सोच्नुहोस् ।

स्वस्थ र सन्तुलित खाना खाने

होल ग्रेन, फलफूल, सागसब्जी र कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुहोस् । उच्च रक्तचापको समस्या छ भने खानामा स्याचुरेटेड फ्याट र कोलस्टेरोलको मात्रा घटाएरै रक्तचाप ११ एमएम सम्म घटाउन सकिन्छ ।

खानामा सोडियमको मात्रा घटाउने

खानामा सोडियमको मात्रा घटाउनाले मुटु स्वस्थ हुन्छ । खानामा सोडियमको मात्रा घटाउन खानाको लेवल पढ्नुहोस र सम्भव भएसम्म सोडियम कम भएका खानेकुरा र पेयपदार्थ पिउनुहोस् ।

थोरै मात्र प्रशोधित खानुेकुरा खानुहोस्, प्राकृतिक रुपमा तयार भएका खानेकुरामा थोरै मात्रै सोडियम रहेको हुन्छ । धेरै जसो सोडियम प्रशोधन गर्ने समयमा थपिन्छ । नुन कम खानुहोस् ।

नियमित रक्तचाप परिक्षण गर्ने

घरमै रक्तचाप परिक्षण गर्नाले रक्तचाप कति छ थाहा पाउन सकिन्छ र बेलैमा आफ्नो जीवशैली सुधार गरेर त्यसलाई स्वस्थ बनाउन सकिन्छ ।

रक्तचाप नाप्ने मनिटर बजारमा सजिलै किन्न सकिन्छ र डाक्टरसँग सल्लाह गरेर घरमै रक्तचाप नाप्न सक्नुहुन्छ । डाक्टरसँग नियमित भेटघाटले पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

परिवारको साथ लिने

परिवार र साथीहरुको साथले पनि तपाईं आफ्नो स्वास्थ्यमा सुधार गर्न सक्नुहुन्छ । उनीहरुले तपाईंलाई हौसला दिन सक्छन र आफ्नो ख्याल राख्न सक्नुहुन्छ । जसर्ले भावनात्मक र मानसिक रुपमा पनि बलियो बनाउँछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here