युक्रेन र रुसको बोर्डरमा पानी‍को बोरिङ बनाउने काम गर्दै सागर ढकाल (फोटोफिचर)

काठमाडौं । युवा नेता सागर ढकाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानी‍को बोरिङ बनाउने तथा मर्मत गर्ने कार्य गरेका छन्। उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

अमेजनको जंगलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन् । रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा सागरले लेखेका छन् , ‘रुस-युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाँउमा बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु। सकिन आँट्यो। युक्रेनी गाँउमा खुसीको कुरा, पम्प नै नजोडी पानी आफैं पहिलोपल्ट माथि आयो।’

सागरले सो क्षेत्रमा भएका नेपालीहरूसँग भेट्न इच्छा व्यक्त गर्दै आफूसँग भेट्न चाहनेलाई सम्पर्क गर्न अनुरोधसमेत गरेका छन्।

हाल रुस-युक्रेनबीच यसद्ध चलिरहेको छ । उनले अर्को दुई हप्तामा नेपाल आइपुग्ने बताएका छन् । गत निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए ।

पाँच वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर गुल्मीका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here