सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधवार न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ।

जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए।

यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ। न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ ।

यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here