नवलपुरको जंगलमा सासू–बुहारी मृत फेला, बाघले आक्रमण गरेकाे आशंका

चितवन । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् ।

नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सासू बुहारी आइतबार बिहान ११ बजे घाँस काट्न घर नजिकैको जंगलमा गएका थिए । उनीहरूको बाघ अथवा कुनै जंगली जनावरको आक्रमणबाट मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here