सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुली जाँदै आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालकको घट्नास्थमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडि बसेकी महिलाको उपचारको क्रममा अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राईको रहेकी छिन् भने मोटरसाइकल चालकको नाम खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here