प्रधानाध्यापक स्वर्णकार हत्याका ‘सुटर’ सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो

काठमाडौं । प्रधानाध्यापकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेका ‘सुटर’ लाई बारा प्रहरीले गोली हानेरै नियन्त्रणमा लिएको छ। बारामा भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले मंगलबार राती गोली प्रहर गरि नियन्त्रणमा लिएको हो।

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश स्वर्णकारको हत्यामा मुख्य सुटर रहेका सिंहलाई बारा प्रहरीले लामो समय देखि खोजी गर्दै आइरहेको थियो।

भारतको बिहार मोतिहारी जिल्ला तिनकोनी निवास सिंहले हतियार सहित नेपाल प्रवेश गरेको सूचना पाएको प्रहरीले सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले पक्राउ गर्ने थाहा पाएर सिंह भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वा भन्दा दक्षिण नहर भन्ने स्थानबाट खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

कात्तिक १३ गते सोमबारको दिन पौने १ बजे स्वर्णकारको कलैयाको मदार्सा टोलमा अज्ञात आपराधिक समूहले गोली हानी हत्या गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here