बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेका क्रममा गोली लागेर गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दियो। अर्का एक जना गम्भीर घाइते छन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here