नेपाली कार्डबाट भारतमा पैसा निस्किएन ? राष्ट्र बैंकका प्रवक्तालाई फाेन गर्नुस्

काठमाण्डौ । गत साताकाे एटीएम ह्याक प्रकरण पछि भारतमा नेपाली कार्ड नचल्ने बनाइएकाे छ ।

ह्याकिङ पछि सुरक्षाकाे कारणले कार्ड सेवा अवरुद्ध भएपछि विभिन्न कामले भारतमा रहेका नेपालीहरुले हैरानी खेपिरहनुपरेको छ ।

पढ्न, उपचारको लागि, कुनै काम विशेषले वा घुमफिरको लागि भारत पुगेका नेपालीहरुले कार्ड नचलेर समस्या भोग्नुपरेको खबर सार्वजनिक भएपछि राष्ट्रबैंकले राष्ट्र बैंकले अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने बताएको छ ।

भारतमा नेपाली कार्ड नचलेपछि विशेषगरी उपचारका लागि पुगेका, साना व्यापारी, पढ्न गएका विद्यार्थी र घुम्नका लागि पुगेका नेपाली समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकले भारत पुगेर पैसा निकाल्न समस्यामा परेकाहरु लाई २४ घन्टाभित्र रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

समस्यामा परेकाले के गर्ने ?

यसका लागि भारतमा रहेका नेपालीले वा भारत भ्रमणमा रहेका नेपालीको आफन्तले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई सिधै उनको मोबाइल नम्बर (९८५१२१०९१९) मा सम्पर्क गर्न सक्नेछन् । मोबाइलमा सम्पर्क गरेको २४ घन्टाभित्र रकम भुक्तानी व्यवस्था बैंकले गरिने निरौलाले बताए।

यस्तै नेपाल राष्ट्र बैंकले आगामी तीन दिनभित्र भारतका एटीएमहरुबाट नेपाली कार्ड प्रयोग गरेर पैसा निकाल्ने प्रणाली पुनः पूर्ववत् रुपमा सुरु हुने बताएको छ ।

गत १४ भदौ शनिबारको दिन चिनियाँ ह्याकरहरुले भिसा र नेपाली बैंकहरुलाई कार्ड सेवा प्रदान गर्दै आएको संस्था नेप्सको स्विच बीचमै ह्याक गरी नेपाल र भारतका विभिन्न बैंकका एटीएमहरुबाट साँढे तीन करोड रुपैयाँ लुटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here