ललितपुरका सीडीओ गृह मन्त्रालय र प्रहरी प्रमुख हेडक्वार्टर तानिए

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

बालकुमारी घटना भएको दोस्रो दिन गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ ।

ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको हो । उक्त घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here