डेनमार्ककी महारानीद्वारा गद्दी त्याग, ५२ वर्षदेखिको शासन अन्त्य

काठमाडौं । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन् ।

सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । सम्बोधनको क्रममा उनले भनिन् ‘म सिंहासन मेरो छोरा, क्राउन प्रिन्स फ्रेडरिकलाई छोड्नेछु’ उनको घोषणा छ।

सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा पर्छिन् ।

डेनमार्कमा कार्यकारी अधिकार निर्वाचित संसद् र सरकारसँग रहन्छ। राजसंस्था राजनीति भन्दामाथि सम्मानित भूमिकामा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here