प्रहरी महानिरीक्षकले भने-‘मन्त्रीको गाडी त्यहाँ नपुगेको भए बालकुमारी घटना हुने थिएन’

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि प्रदर्शनले असामान्य रूप लिएको बताएका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका हुन् ।

कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उनले बताए ।

प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताए ।

त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए । उनले घटनामा इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे ।

उनले गृह मन्त्रालयमा आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here