बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौं । बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् ।

४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ ।

मृतकको शव आजै बुझेर सम्बन्धित जिल्लामा पठाउने सहमति पनि भएको छ । यो घटनामा दुई जनाको मृत्यु भएको थियो । यसको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here