काठमाडौं । मंगलबार बढेको सुनचाँदीको भाउमा बुधबार सामान्य गिरावट आएको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २ सय र चाँदी १० रूपैयाँ घटेको छ।
बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख २० हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा स्थिर मूल्यमा मंगलबार ५ सय बढेको थियो।
चाँदी चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेर कारोबार मूल्य कायम थियो। १० रुपैयाँ घट्दा बुधबार प्रति तोला १४ सय ५० रुपैयाँ भएको छ।