के अरविन्द केजरीवाल पक्राउ पर्दैछन् ? घर बाहिर प्रहरीको तैनाथ बढाइयो

नयाँ दिल्ली । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्सी सम्बन्धी उनले लिएको नीतिका कारण प्रवर्तन निर्देशालय (ईडी)ले उनलाई गिरफतार गर्न सक्ने आशंका भारतीय सञ्चारमाध्यमको छ ।

आम आदमी पार्टी (आप)ले समेत केजरीवालको गिरफ्तारीको आशंका गरिएको भारतीय समाचार एजेन्सीमा उल्लेख छ । उता, दिल्ली पुलिसले केजरीवालको घर बाहिर सुरक्षा तैनाथी बढाएको छ । उनको घर जाने बाटो बन्द गरिएको छ ।

मुख्यमन्त्री आवासका काम गर्ने कामदारलाई समेत भित्र प्रवेश गर्न रोक लगाइएको छ । आप नेताहरुले भने ईडी मूख्यमन्त्री निवास पुगेमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उता, प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी बीजेपीले ईडीको सूचना पछि केजरीवाल बयानमा जानु पर्ने तर्क गरेको छ । यसले राज्य र कानून व्यवस्थाप्रति भरोसा नभएको अर्थ लाग्ने बिजेपीको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here