गर्भनरको योग्यता विवादमा कारबाहीको फाइल पेश गर्न आदेश सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गर्भनर महाप्रसाद अधिकारी माथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पनि पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले गभर्नर अधिकारीमाथि सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो । गभर्नर अधिकारीको योग्यतासम्बन्धी विवाद पूर्ण सुनुवाइका बेलामा नै निरुपण हुन उचित हुने भन्दै फाइल पेस गर्न आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतले ९ माघ, २०८० मा मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश दिँदै १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here