व्यापारिक प्रयोजनका लागि पशुपतिको गंगा आरती र दीप प्रज्वलन भिडियो खिच्ने निषेध

काठमाडौं । व्यापारिक प्रयोजनका लागि बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न निषेध गरिएको छ।

जथाभावी व्यावसायिक प्रयोजनका लागि राख्ने गरेको पाइएपछि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै निषेध गरेका हुन्।

‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here