पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा शाहलाई स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए । अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।

कार्यक्रममा ‘राजा आउ देश बचाउ’को नारा लगाइएको थियो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here