७ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्ने भएको हो ।

२०८० पुस २२ गते अपराह्न २ बजे बोलकबोल हुने ऋणपत्र पुस २३ गते जारी गरिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here