स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयलाई लिएर सर्लाहीमा झडप, एकजनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अबस्था तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here