बरहथवा क्षेत्रमा पुन: कर्फ्यू, जयशंकरको शव तीन दिनदेखि सडकमै

काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा पुन: कर्फ्यू आदेश जारी गरेको छ । अस्पतालको विषय तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः चर्किएपछि कर्फ्यू आदेश जारी गरेको हो ।

आइतबार १२ बजेर ४५ मिनेटदेखि भोलि (सोमबार) बिहान ८ बजेसम्मका लागि नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र कर्फ्यू लागू हुनेछ ।

प्रदर्शनका क्रममा बरहथवा ६ का जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here