केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट मानन्धरलाई पक्राउ गरेको हो ।

मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोग्ने डिजिटल तराजु पनि बरामद भएको छ।

विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केक लगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत् बेच्दै आएको अनुसन्धानबाट खुलेको छ। गाँजा मिसाएर बनाउने गरेका परिकारका मेनुहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here