बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नजोडिने, अदालतले दिएन् अन्तरिम आदेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका कारण बिजुली काटेको विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सले लाइन जोड्न माग गर्दै दिएको रिट निवेदनमा सुनसरी जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्राधिकरणले रिलायन्स स्पिनिङ उद्योगको विद्युत लाइन पुस ६ गते काटेको थियो। त्यसविरुद्ध उद्योग अन्तरिम आदेशको माग गर्दै अदालत गएको हो। न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलासले दिएको आदेशसँगै नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरूको डेडकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउन बाटो खुलेको छ।

‘बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएमा उद्योगको लाइन जडान गर्ने भनी नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिको मिति २०८०/९/१६ गतेको निर्णय देखिँदा लाइन कटिसकेको अवस्थामा अन्तरकालिन आदेश जारी गर्न मिलेन। नियमानुसार गर्नू’ अदालतको आदेशमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here