सर्लाहीको बरहथवा घटना: ११ बुँदे सहमति‚ परिवारले बुझ्यो शव

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवार र प्रशासनबीच सहमति भएको छ ।

गत शुक्रवार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय साहको मृत्यु भएपछि बरहथवा आज दिनभरि तनावग्रस्त बनेको थियो।

आइतबार आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो । सहमति अनुसार सहमतिअनुसार प्रादेशिक अस्पताललाई मृतक जयशंकर साह नामकरण गर्ने, परिवारले चाहेको स्थानमा मृतकको शालिक निर्माण गर्ने,घटनाको निष्पक्ष छानबिन गर्ने, मृतकका परिवारमा रहेका आश्रित परिवारका एकजना सदस्यलाई रोजगारी उपलब्ध गराउने छ ।

सहमति भएसँगै मृतक शाहको शव उनको परिवारले बुझेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here