ओरालो लाग्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । चाँदी आज एक हजार ४१० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here