टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा भागदौड, ११ जना घाइते

काठमाडौं । माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जना घाइते भएका छन्।

मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो।

उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेको छ।

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो। सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन्। प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here