त्रिशूली नदीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी, मान्छे फेला परेनन्

काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ ।

मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै भारतीय नम्बर प्लेटको बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको हो ।

बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here