वडाध्यक्ष बादे १५ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ परेको छ ।

भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here