सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा दोधारा चाँदनीमा सरसफाई कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीले आफ्नो स्थापनाको दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् ।

सशस्त्र प्रहरी बल नेपालको दोधारा चाँदनी नगरपालिका गुल्मका ईन्चार्ज दिपक बहादुर कुँवरको कमाण्ड टोलीले २३ औं सशस्त्र प्रहरी दिवस–२०८० को अवसर पारेर दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्ट बजार तथा अस्पताल हाता क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल (प्र.) सिमा सुरक्षा गुल्म दोधारा चाँदनी (देविस्थान) ले दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष, ईलाका प्रहरी कार्यालय, बजार व्यवस्थापन समिति सित सहकार्य गरि २३ औं सशस्त्र प्रहरी दिवस–२०८० को अवसर सरसफाई कार्यक्रम संचालन गरेको हो ।

सडक तथा अस्पताल क्षेत्रमा रहेका फोहर सफा गर्ने, बजार क्षेत्रका स्थानियहरुलाई आफ्नो क्षेत्र सधै सफा सुग्घर राख्न अनुरोध गरेका थियो । सशस्त्र प्रहरी बल नेपाल (प्र.) सिमा सुरक्षा गुल्म दोधारा चाँदनी (देविस्थान) का ईन्चार्ज डिएसपी दिपक बहादुर कुँवरले २३ औं सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ईश्वर थापा, हेल्थपोष्ट बजार ब्यवसायी तथा अस्पताल ब्यवस्थापन समिति संग समन्वय तथा सहकार्य गरि हेल्थपोष्ट बजार क्षेत्र तथा अस्पताल हातामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएका छन् ।

२०५७ सालमा सरकारले तात्कालिन माओवादी युद्ध चर्किदै गएपछि नेपाली सेना र नेपाल प्रहरीका बीचमा अर्को एक शक्ति खाँचो महसुस गरी दुवै सुरक्षा निकायका केही जनशक्ति ल्याई नेपाल सशस्त्र प्रहरी बल गठन गरिएको हो ।

दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा गरिएको सरसफाई कार्यक्रम सहनिय रहेको बताएका छन् । सबै संग समन्वय र सहाकार्य गरि गरिएको सरसफाई कार्यक्रमले समाजका राम्रो सन्देश प्रवाह भएको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् ।

आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी, नेपाल प्रहरी संग सहकार्य गरि सामाजिक कार्य गर्ने प्रतिबद्धता वडाध्यक्ष बस्नेतले जाहेर गरेका छन् । सरसफाई कार्यक्रमले हेल्थपोष्ट बजार क्षेत्र तथा अस्पताल क्षेत्र सरसफाई भएपछि स्थानियहरुले खुशी प्रकट गरेका छन् । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको दोधारा चाँदनी नगरपालिका गुल्मका ईन्चार्ज डिएसपी दिपक बहादुर कुँवर, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ईश्वर थापा, दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, व्यवसायी, सुरक्षाकर्मी लगाएत स्थानियहरुको बाक्लो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here