काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ ।
विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ । प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ ।
आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने छ।
माघ ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ।