टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क ट्वीटरको विश्वचर्चित खरीद सम्झौताबाट पछाडी हटेका छन् । उनी अब यो सम्झौता अगाडी नबढाउने निर्णयमा पुगेका हुन् । उता, ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा दायर गर्ने तयारीमा छन् ।