२०२० मा टेस्लाले ४ लाख ९९ हजार विद्युतिय कार बेच्यो

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ४ लाख ९९ हजार ५५० थान विद्युतीय कार बिक्री गरेको छ ।

२०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले वर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री गरेको हो । यस समयमा कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो ।

टेस्ला कम्पनीका सिईयो तथा विश्वकै दोस्रो धनाढ्य इलोन मस्कले कोरोनाको समयमा पनि कम्पनीले प्राप्त गरेको यो सफलता महत्वपूर्ण कोशेढुंगा भएको सामाजिक सञ्जाल ट्युइटरबाट जानकारी दिएका थिए ।

कम्पनीका अनुसार टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री मात्रै सम्पुर्ण बिक्रीको ८६ प्रतिशत रहेको छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here