प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

१ घण्टा अगाडि

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् ।

१ घण्टा अगाडि

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि प्रहरीबाट उद्धार

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

१ घण्टा अगाडि

प्रधानमन्त्रीको सन्देश : कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ

प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दैै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२ घण्टा अगाडि

जनैपूर्णिमा र रक्षाबन्धन पर्व देशभरी मनाइँदै

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने...

१५ घण्टा अगाडि

बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

१५ घण्टा अगाडि

विद्युत् आपूर्ति नियमित हुँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका...

१५ घण्टा अगाडि

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

१६ घण्टा अगाडि

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

१ दिन अगाडि

नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु

नुवाकोटका विभिन्न बजारमा विद्युत सेवा सूचारु गरिएको छ । बालाजु–त्रिशुली र चपली–देविघाट ६६ के. भि. लाइनलाई ११ के. भि. चार्ज गरि विद्युत सुचारू गरिएको नेपाल विद्युत प्राधिकरण्णले जनाएको छ ।

१ दिन अगाडि
1 2 3 3,713